मंगलबार, वैशाख ११, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७७ फागुन २९ गते ७:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा छलफल हुने जनाइएको छ ।

बिहान ९ बजे डाकिएको बैठकमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने नेता गणेश साहले जानकारी दिनु भयो । मातृ पार्टीमा नै फर्कने मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

त्यस्तै एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ । नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो । माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया