काठमाडौंका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत कटौती
नेपालखोज
२०७७ फागुन २९ गते ८:४२
काठमाडौं । काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६ घण्टा बत्ती जाने भएको हो ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
त्यस्तै बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काटिने प्राधिकरणले जनाएको छ । दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया