बुधबार, माघ १२, २०७८

गौरभ पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको ’लाहुरे’ सार्वजनिक

नेपालखोज २०७७ फागुन २९ गते १२:०३


काठमाडौं । जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक हिडियो ’लाहुरे’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ’लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ’लाहुरे’को भिडियोमा समेटिएको छ ।


एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया