बिहीबार, वैशाख १३, २०८१

२२ वर्षदेखि निरन्तर हुँदै आएको बुढासुब्वा गोल्डकपको २३औं संस्करण नहुने

नेपालखोज २०७७ फागुन २९ गते १२:३३
File photo

काठमाडौं । धरानमा आयोजना हुँदै आएको बुढासुब्वा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । २२ वर्षदेखि निरन्तर हुँदै आएको गोल्डकपको कोरोना महामारीका का कारण २३औं संस्करण नहुने भएको हो ।

आयोजक धरान फुटबल क्लबले प्रतियोगिताका लागि आर्थिक भार थेग्न नसकेर यो वर्ष २३औं संस्करण सञ्चालन नगर्ने बताएको छ ।

गत वर्षकै विजेता उपविजेता टोलीलाई रकम उपलब्ध गराउन नसकेका कारण यो वर्ष प्रतियोगिता आयोजना गर्न नसक्ने आयोजकले जनाएको छ । गत वर्ष प्रदेश र स्थानीय सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । तर अझै रकम उपलब्ध गराएको छैन ।

कोरोना महामारीको पूर्वसन्ध्यामा आयोजित २२औं संस्करणका क्रममा प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने बाचा गरेको थियो । तर, कोरोना कै कारण देखाउँदै प्रदेश सरकारले १० लाख रुपैयाँमा कटौती गर्दै ५ लाख रुपैयाँ दिने बताएको थियो । यो बाचा अझै पुरा हुन सकेको छैन ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ उपलब्ध गराउने भने पनि अझै दिएको छैन । त्यस्तै धरान उपमहानगरपालिकाले समेत उपलब्ध गराउने भनेको ९ लाख रुपैयाँ पनि नदिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया