मंगलबार, वैशाख ११, २०८१

जाजरकोटमा पनि भेटियो बर्डफ्लु

नेपालखोज २०७७ फागुन २९ गते १५:३३

जाजरकोट । जाजरकोटमा बर्डफ्लु रोग देखिएको छ। भेरी नगरपालिका ३, स्याला स्थित स्थानीयले पालेका लेस जातको ९ सय ५० कुखुरा मरेका छन्। पशु सेवा विभागले मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। 

बर्डफ्लु पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे बताए। जिल्लामा वर्डफ्लु संक्रमण पुष्टि भएपछि सचेत रहन सबैलाई आग्रह गरिएको छ। तत्काल पंक्षीको मासु नखान, नबेच्न र कुखुरा नष्ट गर्न पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले आग्रह गरेको छ।

प्रतिक्रिया