थप ६० जनामा कोरोना सङ्क्रमण, ७२ जना डिस्चार्ज
नेपालखोज
२०७७ फागुन २९ गते १८:२०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा ७२ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ । गएको २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १४ पुगेको स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया