श्रोत नखुलेको रुपैयाँसहित एपीएफ टोलीद्वारा पक्राउ
नेपालखोज
२०७७ चैत १ गते १०:०९

पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट फागुन २९ गते अर्थात् आज शनिबार एपीएफ टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ बर्षीय राजेशकुमार शाह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया