शुक्रबार, वैशाख ७, २०८१

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

नेपालखोज २०७७ चैत १ गते ११:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार ८६ हजार दुई सयमा कारोबार भएको सुनको मूल्यमा आईतबार ४ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ८६ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा कुनै परिवर्तन नभई कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया