शुक्रबार, वैशाख १४, २०८१

नाडाद्वारा ताप्लेजुङका आगलागी पीडितलाई दुई लाख सहयोग

नेपालखोज २०७७ चैत १ गते २१:३१

काठमाडौं । नेपाल अटोमोवाईल डिर्लस एशोसिएसन (नाडा) ले ताप्लेजुङका आगलागी पीडितलाई सहयोग गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको छ सदस्यीय प्रतिनिधिले आज (आईतबार) भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गसंग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागि जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप दुई लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्य समिती सदस्यहरुसंग रकम संकलन गरि दुई लाख एक हजार रुपैयाँको चेक जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा मन्त्री नेम्वाङलाई हस्तान्तरण गरेका हुन ।

सोही क्रममा भौतिक, पूर्वाधार तथा यातातात मन्त्री नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिएका थिए । साथै माननिय मन्त्रीबाट पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराए ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया