सोमबार, कार्तिक २६, २०८१

इङल्याण्ड भारतसँग सात विकेटले परााजित

नेपालखोज २०७७ चैत २ गते ६:०८

कामाडौं ।भारत र इङ्ल्यान्डबीचको दोस्रो टी२० क्रिकेटमा भारत सात विकेटले विजयी भएको छ ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित ७३ रन बनाएका थिए । उनले तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का युवा खेलाडी इसान किशनले ३२ बलमा ५६ रन बनाएका थिए भने रिषभ पन्त १३ बलमा २६ रन बनाएर आउट भएका थिए । केएल राहुल खाता खोल्न नपाई पहिलो ओभरमै आउट भएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि जेसन रोयले ४६, जस बटलरले ०, डाविड मलानले २४, जोनी बेयरस्टले २०, इअन मोर्गनले २८, बेन स्टोक्सले २४, साम कुरानले ६ र क्रिस जोर्डनले ० रन बनाएका थिए ।

भारतीय बलर वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले समान २–२ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र युजवेन्द्र चहलले पनि समान १–१ विकेट लिएका थिए ।

यो जितसँगै ५ म्याचको यो शृंखलामा १–१ भएको छ ।

प्रतिक्रिया