दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट
नेपालखोज
२०७७ चैत २ गते १२:४१

दाङ । जिल्लाको लमही नगरपालिका–६ ढिकपुर गाउँमा आगलागी हुँदा ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
सोमबार बिहान स्थानीय वलिराम चौधरीको घरबाट सुरु भएको आगो गाउँका अन्य पाँच घरमा फैलिएको हो ।
खरको छानो भएकाले आगो छिटो फैलिएको र क्षति भएको स्थानीय रामबहादुर चौधरीले जानकारी दिए ।
आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
क्षतिको विवरण संकलन भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुरान मल्लले बताए ।
सम्बन्धित
प्रतिक्रिया