निष्कर्षविहिन ओली–नेपालबीचको वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठा नेता माधवकुमार नेपालबीच भएको वार्ता बिना निष्कर्षविहिन भएको छ ।
सोमबार बिहान साढे ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको वार्ता दुवै पक्षले आ–आफ्नो अडान प्रस्तुत गरेपछि वार्ता निष्कर्षविहिन भएको हो ।
एमालेका उपाध्यक्ष भीम रावलले छलफलमा कुनै सहमति नबनेको बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले २८ गते गरिएको भनिएको निर्णयमा सहमत नभएको बताए । उनले भने–‘त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं । कुरा मिलेन ।’
त्यस्तै अर्का नेता रघुजी पन्तले दुवै पक्षले आ–आफ्नो अडान प्रस्तुत गरेको बताए ।
बैठकमा २८ गतेको निर्णय फिर्ता लिने–नलिने भन्नेमा सहमति हुन सकेन ।
ओलीले २८ गतेको निर्णय फिर्ता लिए नेपालले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरे तर ओलीले अस्वीकार गरेका हुन् ।
वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए ।
प्रतिक्रिया