शुक्रबार, वैशाख ७, २०८१

गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त

नेपालखोज २०७७ चैत २ गते १८:०५

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा नियुक्त भएका छन् ।

गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । गुरुङ र नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दिएका थिए ।

गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम सदस्य सचिवमा नियूक्त गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता राम शरण बस्नेतले बताए ।

कास्की पोखरा महानगर पालिका वडा नं १६ अर्मला कोटका गुरुङ ह्याण्डबलका पूर्व खेलाडी र हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष हुन् । उनी पोखरा म्याराथनको आयोजक खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया