बुधबार, वैशाख १२, २०८१

बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

नेपालखोज २०७७ चैत २ गते १९:१८

काठमाडौं । बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी बिजय कुमार श्रेष्ठ पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले ५७ बर्षिय फरार अभियुुक्त श्रेष्ठलाई सोमबार काठमाडौको काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।

सिआईबीका अनुसार सविता वैध्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विजय कुमार श्रेष्ठ भएको बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ दुुई गतेको फैसलाले काठमाडौं साविक जितपुर गा.वि.स.वडा नं.–१ परिवर्तित तार्केश्वर न.पा. वडा नं.–३ जितपुर फेदी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.–१६ वस्ने वर्ष ५७ को विजय कुमार श्रेष्ठलाई तीन दिन कैद र नौ लाख ५० हजार रुपैयाँ बिगो ठहर गरेको थियो । सो पश्चात उक्त सजाय वेरुजू रही फरार रहेका प्रतिवादी श्रेष्ठलाई काभ्रेस्थली,काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो, सिआईबीले भनेको छ ।

प्रतिवादी विजय कुमार श्रेष्ठले २०७७ असार १५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड, शाखा कार्यालय गोंगबुमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पिडींत जाहेरवाला सविता वैध्यलाई दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया