बिहीबार, कार्तिक २२, २०८१

जापानको फुकुशिमामा ५.३ म्याग्नीच्यूडको भूकम्प

नेपालखोज २०७७ चैत ४ गते १५:१३

सिन्ह्वा । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५:२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया