शुक्रबार, वैशाख १४, २०८१

कागती पानी किन पिउने ? यति बताइदिए धन्य हुने थिएँ गुरु

नेपालखोज २०७७ चैत ५ गते ८:५२

१.अपच र कब्जियत : अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पु-याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधाघण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ ।

२. पाचन : पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

३. नाथ्री फुट्दा : कपडाको सानो डल्लो बनाएर त्यो डल्लोलाई कागतीको रसमा डुबाएर नाथ्री फुटेको ठाउँमा पसाउने हो भने त्यसले रगत समेत रोकिन सहयोग पु-याउँछ ।

४. घाँटीको खरावीमाः कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खरावीमा पनि कागतीको सर्वत लिऔँ ।

५. कपालको सुरक्षाः कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्याको धेरै हदसम्म निदान हुन्छ । कपालमा सिधै कागतीको रस लगाएर, त्यसलाई केहीबेर सुकाएर नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

६. इनर्जी लेबल बढाउँछ: मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी: मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ: यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

प्रतिक्रिया