बुधबार, असार १८, २०८२

कनेक्ट आईपीएसबाट हुने कारोबारको सीमा बढ्यो

नेपालखोज २०७७ चैत ५ गते १६:१३

काठमाडौं । कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढेको छ । नेपाल क्लियरिङ हाउसले उपभोक्ताको मागलाई ध्यान दिएर कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढाइएको जनाएको छ ।

अब कनेक्ट आईपीएसको वेबसाइटमार्फत प्रति–कारोबार १० लाख रुपैयाँसम्म र प्रति–दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै मोबाइल एपबाट प्रति–कारोबार एक लाख र प्रति–दिन दुई लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ ।

यस्तै शेयर कारोबारको भुक्तानीमा प्रति–दिनको सीमालाई पनि एक करोड रुपैयाँ पुर्‍याइएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

प्रतिक्रिया