प्रिमियर लिग : लिड्स युनाइटेडसँग फुलह्याम पराजित
नेपालखोज
२०७७ चैत ७ गते ६:५६

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको हो ।
लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे । फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ स्थानमा रहेको छ ।
फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया