बिहीबार, वैशाख १३, २०८१

सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षा सार्वजनिक, दुुई हजार दुुई सय २७ जना उत्तिर्ण

नेपालखोज २०७७ चैत ७ गते १६:०७

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा सार्वजनिक भएको छ । परिक्षामा दुुई हजार दुुई सय २७ जना परिक्षार्थी उत्तिर्ण भएका छन् ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा नेपालभरबाट १९ हजार पाँच सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका थिए ।

सबै प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन हुने गरको छ ।

प्रतिक्रिया