मंगलबार, असार १७, २०८२

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८२ जना डिस्चार्ज

नेपालखोज २०७७ चैत ७ गते १८:२४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ ।

अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोनाका कारण नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया