शुक्रबार, वैशाख १४, २०८१

रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘कत्त स एल्ही गोरी…’ सार्वजनिक

नेपालखोज २०७७ चैत ८ गते ८:०२

काठमाडौं । नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका गायक रूद्रसेन विश्वकर्मा मैथिली यूगल गीत ‘कत्त स एल्ही गोरी’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको यूगल स्वरको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतका रचनाकार कुन्दन गुप्ता हुन् भने पारस मणिले यसलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत संयोजक पनि पारस मणि नै हुन् ।

रूद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (९सविना) को निर्माण रहेको उक्त मैथिली भिडियोमा अभिनेत्री अनु शाहलाई देख्न सकिन्छ ।

भिडियोमा अभिनेत्री अनु शाहको साथमा मोडल दिपक झाको जोडिलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ ।

दिपक गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको यो भिडियोमा जनकपुरधामका रमणीय लोकेशनलाई कैद गरिएको छ ।

प्रतिक्रिया