प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन् । आइतबार निजि निवासमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उनको भनाई छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजिनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजिनामा दिनुपर्नेमा उनको जोड छ ।
यस्तै, नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको आरोप लगाएका छन् । देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताए ।

प्रतिक्रिया