प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्दबीच भेटवार्ता
काठमाडौं । नेत्र विक्रम चन्दले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सरकार र चन्द नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका विषयमा उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
बालुवाटार पुगेका चन्दले फागुन २० गते भएको तीन बुँदे सहमतिअन्तर्गत हिरासतमा रहेको नेता-कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेको चन्द नेकपाका नेता उदय चलाउनेले जानकारी दिए । उनकाअनुसार चन्दले आफूहरू शान्तिपूर्ण राजनीतिमा आए पनि हिरासतमा रहेका नेता-कार्यकर्ता नछुटेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले प्रक्रियामा रहेको बताएका थिए । चन्दसँगै प्रवक्ता खड्गबहादर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने भेटबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन ।
प्रतिक्रिया