बिहीबार, वैशाख १३, २०८१

स्वयम्सेवक परिचालनलाई निरन्तरता दिँदै ट्राफिक प्रहरी

नेपालखोज २०७७ चैत ९ गते १६:३३

काठमाडौं । ट्राफिक प्रहरीले स्वयम्सेवक परिचालनलाई थप निरन्तरता दिने भएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सुरक्षित एव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम्सेवक परिचालन गर्दै आएको थियो ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुका साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेका थिए । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयम्सेवक परिचालन एउटा प्रभावकारी उपायको रुपमा महाशाखाले प्रयोग गर्दै आएको थियो ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना विद्यार्थीहरुलाई स्वयम्सेवक सम्बन्धी प्रशिक्षण दिई सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म परिचालन गरिनेछ ।

सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयम्सेवक परिचालन गरिदै आएको माहाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । त्यसरी खटिने ट्राफिक स्वयम्सेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने उद्देश्य रहेको एसएसपी भट्टराईले जानकारी दिए ।

केहि मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुनेहुँदा ट्राफिक स्वयम्सेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्रा क्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटनाहरु सम्झदै उनले पैदलयात्रुको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयम्सेवक परिचालन गरि उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी सावित हुने विश्वास व्यक्त गरे ।

यस अघि महाशाखाले बिभिन्न संघसंस्था, स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक स्वयम्सेवक सम्बन्धी प्रशिक्षण दिई बिभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको बताएको छ । हाल विभिन्न चरणहरुमा ६१९ जना स्वयम्सेवक परिचालन गरिएको छ भने ५७ जनाले दैनिक काम गर्दै आएका छन ।

प्रतिक्रिया