जेठभित्र स्ववियू चुनाव गर्ने सहमतिसँगै विद्यार्थीले तोडे अनशन
नेपालखोज
२०७७ चैत ९ गते २०:५८
काठमाडौं । आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै अनशनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
रिले अनसन बसिरहेका नेविसंघका विद्यार्थी र त्रिवि पदाधिकारीबीच स्ववियू निर्वाचन गर्ने विषयमा सोमबार सहमति भएको हो। स्ववियू निर्वाचनका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने सहमति भएको छ।
अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा उपस्थित भएका थिए। ६ बुँदे सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्बन्धित
प्रतिक्रिया