शनिबार, वैशाख ८, २०८१

‘तारक मेहताका उल्टा चस्मा’ बाट दिशा वकानी बिदा भइन्

नेपालखोज २०७७ चैत १० गते १२:१०


एजेन्सी । भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ बाट दिशा वकानी बिदा भएकी छिन् ।

दर्शकले रुचाएका कलाकारमा अभिनेत्री दिशा वकानी पनि थिइन् । तर, उनले यो शोबाट पूर्णरुपमा बिदा लिएकी छिन् । दिशाले शोमा ‘दयाबेन’को चरित्र निर्वाह गरेकी छन् ।

सन् २०१७ को सेप्टेम्बरमा सुत्केरी बिदा लिएकी दिशा त्यसयता शोमा फर्किएकी छैनन् । यसपछि उनले शोबाट पूर्ण रुपमा बिदा लिएकी अमर उजालामा प्रकाशित समाचारमा जनाइएको छ ।

सुत्केरी बिदा पछि दिशा र शोका निर्माताबीच दिशाको कमव्याकको विषयमा कुराकानी चलिरहेको थियो । जसका लागि उपर्युक्त समय र कथाको खोजी पनि भइरहेको थियो ।

दिशाले सुत्केरी बिदा लिएर बस्दा पनि उनको जस्तै चरित्र निर्वाह गर्ने कलाकार निर्माताले नखोजेका पनि होइनन् । अहिले पनि खोजी नै रहेका छन् । तर, दिशा जस्तो पात्र कोही फेला पार्न सकेका छैनन् ।

प्रतिक्रिया