शुक्रबार, वैशाख १४, २०८१

आईएमई मोटर्सद्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

नेपालखोज २०७७ चैत १० गते १३:११

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण गरेको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागालाई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा र नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले संयुक्तरुपमा एक थान दमकल हस्तान्तरण गरेका हुन ।

नगर प्रमुख फागोले सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा राख्नपाउदा खुशी व्यक्त गरे । आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी नगर प्रमुख फागोले विश्वास व्यक्त गरे ।

नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त लगानिमा नगरपालिकालाई दमकल हस्तान्तरण गरिएको हो । दमकल हस्तान्तरण कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुखसहित उपप्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया