शनिबार, वैशाख १३, २०८२

ज्योति लाइफको आईपीओ प्रिअलर्टमेन्ट आज

नेपालखोज २०७७ चैत १० गते १३:५२

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को प्रिअलर्टमेन्ट आज सार्वजनिक हुने भएको छ । यसको आईपीओ भने शुक्रबार बाँडफाँड हुनेछ ।

कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियोे ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । सर्वसाधारणका लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडदा पाँच लाख ९४ हजार आवेदकले पाउनेछन् ।

प्रतिक्रिया