बर्मामा सैन्य शासन लागू भए यता २० जना बालबालिकाले ज्यान गुमाए
नेपालखोज
२०७७ चैत ११ गते ७:४६

काठमाडाैं । सेभ द चिल्ड्रनका अनुसार बर्मामा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन्।
बर्माको सेनाका अनुसार अहिलेसम्म आन्दोलनका क्रममा १६४ जनाको मृत्यु भएको छ। तर, एएपीपी एसिस्टन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म २६१ जनाको ज्यान गएको जनाएको छ।
बर्माको सेनाले मंगलबार एक विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा थुप्रैको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ। सेनाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा यसका लागि आन्दोलनकारीलाई जिम्मेवार रहेको औल्याइएको छ।
बढ्दाे बाल हत्या राेक्न सेभ द चिल्ड्रनले सक्रिय भूमिका निभाएकाे विज्ञप्तिमा जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया