सुन जस्तो धातुका टुक्रा र बाला सहित पक्राउ

काठमाडौं । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन जस्तो देखिने धातुको टुक्रा र १ थान बाला सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–५ का ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका–८ का काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् ।
उनिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट मंगलबार दिउँसो पक्राउ परेका हुन् । नेपाल एयरलाइन्सको उडानबाट दुवईबाट काठमाडौं आएका सापकोटाले टर्च लाईटको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याई रहेका थिए । उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदै/लिदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई उक्त टुक्रा र बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
प्रतिक्रिया