आइतबार, जेठ ६, २०८१

‘लप्पन छप्पन–२’ चैत २७ गते प्रदर्शन नहुने

नेपालखोज २०७७ चैत १२ गते १५:२९

काठमाडौं । नयाँ नेपाली फिलम ‘लप्पन छप्पन–२’ चैत २७ गते प्रदर्शन नहुने भएको छ ।

यस विषयमा फिल्मका लेखक तथा निर्देशक मुकुन्द भट्टले पछिल्लो समय बढेको कोभिड–१९ को संक्रमणलाई कारण बताएका छन् ।स्वास्थ्य मन्त्रालयको निर्णयलाई मानेर उनले फिल्म प्रदर्शन अनिश्चित कालको लागि रोकिएको जानकारी दिए । यस विषयमा फिल्मका कलाकार अनुप विक्रम शाही बेखबर देखिए ।

के फिल्मको प्रदर्शन रोकिएको हो रु भन्ने प्रश्नमा उनले आफूलाई कुनै जानकारी नभएको बताए । फिल्ममा सुपरस्टार भनेर परिचय गराइएका कलाकार सौगात मल्ल भारतको सिक्किममा छन् । उनी फिल्म जारको छायाङ्कनका लागि त्यहाँ पुगेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा यो फिल्मसँग नजोडिएका कलाकारहरू भुवन केसी, प्रशान्त ताम्राकार र निश्चल बस्नेतको उपस्थिति थियो ।

प्रतिक्रिया