बिहीबार, वैशाख ६, २०८१

अम्बा खानुका चार फाइदाहरु

नेपालखोज २०७७ चैत १३ गते ५:००

दाँतका समस्या कम हुने

यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । त्यस्तै अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

कब्जियतको समस्या कम हुने

कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । त्यस्तै अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

आँखा तथा छालाको लागि उपयाेगी

अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । त्यस्तै, अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । त्यस्तै, यसले अनुहारको रँगलाई समेत कायम राख्छ ।

मदिराको असर कम गर्ने

यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

प्रतिक्रिया