ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह पनि जाने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले आजकालागि बोलाएको संसदीय दलको बैठकमा माधव कुमार नेपाल समूहका सांसद पनि सहभागि हुने भएका छन् । नेपाल पक्षका एक सांसदले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको बताए। त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भएको थियो ।
‘बैठकमा सबै जना जाने कुरा भएको छु’, उनले भने, ‘बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको हो । तर त्यतिबेला भेला भएकाले जान भ्याइएन। बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढंगले लिएका छौं । तर बाहिर ठूलो विषय बनाइएको छ ।’
नेपाल पक्षका स्थायी समिति सदस्यसमेत रहेका सांसद योगेश भट्टराईले पनि बालुवाटारको बैठकमा आफूहरू सहभागी हुने बताएका छन् ।
आफ्नो पक्षका नेता माधव कुमार नेपाल संसदीय दलको बैठकमा उपस्थित हुने नहुने केही खुलाएनन् ।
प्रतिक्रिया