बुधबार, वैशाख २६, २०८१

प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन, एक बजे शपथ

नेपालखोज २०७७ चैत १३ गते १२:१७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्रीमा टंक आङ्बुहाङ, सामाजिक विकास मन्त्रीमा उषाकला राई, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा कला घलेलाई नियुक्त गरेका छन् ।

यसअघि राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ र रामबहादुर रानामगरलाई मन्त्री बनाइएको छ । गुरुङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र मगर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री थिए । नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ दिउँसो १ बजे हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् तेस्रोपटक पुनर्गठन हुन लागेको हो । नवनियुक्त मन्त्रीहरूमा माओवादी छाडेर एमाले प्रवेश गरेका र एमालेमा गुट परिवर्तन गरेकाहरू छन् ।

प्रतिक्रिया