नेपालमा प्रतिगमनको खतरा टरेको छैन : बाबुराम भट्टराई
नेपालखोज
२०७७ चैत १४ गते १०:०५
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगमनको खतरा नटरेको बताएका छन् ।
आज बिहान एक ट्वीट सन्देशमार्फत् डा. भट्टराईले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने बाटोमा लाग्न नहुने बताएका हुन् ।
‘प्रतिगमनको खतरा टरेको छैन, प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई बिदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई विकल्प अगाडि छन्,’ उनले लेखेका छन्, ‘पहिलो बाटो तुलसी गिरी र केशरजंग रायमाझीको र दोस्रो बाटो बिपी कोइराला र पुष्पलाल श्रेष्ठको हो ।’
उनले नेताहरुलाई बुद्धि र विवेकको प्रयोग गरेर आफै रोज्न भनेका छन् । प्रतिपक्षी दल जसपा विभाजनउन्मुख भएको भनिएको बेला डा. भट्टराईको यस्तो भनाई आएको हो ।
सम्बन्धित
प्रतिक्रिया