मंगलबार, कार्तिक २७, २०८१

मन्त्री राईको उद्घोष कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागु गर्नेछु

नेपालखोज २०७७ चैत १४ गते ११:४४


काठमाडौं । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छिन् । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रबर्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखी साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन् ।

उनले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन् । मन्त्री राईले पदभार ग्रहण गरेपछि फेसबुकमा लेखेको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताएकी छिन् । रासस

प्रतिक्रिया