बुधबार, वैशाख १२, २०८१

‘फेरि दर्पणछायाँ’ कमेडीमा आधारित हुन्छः निरुता सिंह

नेपालखोज २०७७ चैत १४ गते १५:४५

काठमाडौं । नेपाली सिने क्षेत्रकी अभिनेतृ निरुता सिंहले सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। उनका धेरै हिट फिल्महरु पनि छन् । ‘दर्पणछायाँ’ निरुताकाे अत्यन्तै रुचाइएकाे फिल्म हाे। निरुताको अभिनय यात्राको कुरा हुँदा ‘दर्पणछायाँ’ दर्शकले बिर्संदैनन् । 

यतिबेला फेरि यो फिल्म बन्ने चर्चा सुरु भएको छ । तर, यसपटक यो फिल्म तुलसी घिमिरेले हैन उत्तम प्रधानले बनाउँदैछन् । निरुताका अनुसार फिल्मको निर्देशन पनि उनैले गर्नेछन् । तर,‘फेरि दर्पणछायाँ’ नाममा बन्न लागेको फिल्म  प्रेमकथा नभई  कमेडी शैलीको रहने निरुताले जानकारी गराएकी छिन् । 

प्रतिक्रिया