मंगलबार, वैशाख ४, २०८१

अनार सेवनका चार फाइदाहरू

नेपालखोज २०७७ चैत १५ गते ७:१०

मुटु रोग: अनारलाई मुटुको सहयोगीका रुपमा लिन सकिन्छ । यसमा मुटुलाई असर गर्ने कोलेस्टेरोल हुँदैन । साथै शरीरमा रहेको नराम्रो कोलेस्टेरोलाई मुटुमा हानी गर्न नसक्ने बनाउन पनि यसले भूमिका खेल्छ । त्यस्तै, अनारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रगत सञ्चालन सहज गराउने भएकाले मुटु रोगको जोखिम घटाउँछ । 

हड्डीको रोगः अनारमा पाइने ‘फ्लाभेनोल’ भन्ने तत्वले हड्डी खिइने समस्या घटाउनुका साथै बाथ रोगबाट बचाउन सक्ने वैज्ञानिकहरुको दाबी छ । यद्दपि यसमा पर्याप्त मात्रामा अध्ययन भने भएको छैन । 

चिनी रोगः अनार भन्ने बित्तिकै चिनी रोगीले खानु हुँदैन भन्ने बुझाइ छ । तर, अनारमा चिनीका साथै फाइबर (रेशा) र एन्टिअक्सिडेन्ट पनि प्रसस्त मात्रामा हुने भएकाले रगतमा चिनीको मात्रा सुस्त मात्रामा बढाउने विश्वास गरिन्छ । अनारले चिनीरोगसँगै देखापर्ने अन्य समस्याको निराकरणमा पनि मद्दत गर्ने भएकाले चिनीरोग हुँदा अनार खानु राम्रो मानिन्छ । चिनीरोगीले एकपटक डाक्टर अथवा डाइटिसियनको सल्लाहमा कति मात्रामा अनार खाने भन्ने निर्धारण गर्नु वुद्धिमानी हुन्छ । त्यसैगरी, अनार खाँदा जुसको सट्टा दाना खानु उपयुक्त हुन्छ । यदि जुस खानु पर्ने बिरामी भए घरमै सफासँग बनाएको जुस खानु राम्रो हो । बजारिया जुसमा चिनीको मात्रा अधिक हुन्छ । 

अल्जाइमरः अनारले मस्तिष्कलाई आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले अल्जाइमर रोग लाग्नबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।
सुन्दर छालाः अनारमा पाइने भिटामिन सी सँगसँगै अन्य एन्टिअक्सिडेन्टले छाला सुन्दर राख्न मद्दत गर्छ।

यसका अलावा अनारको बोक्रामा पाइने तत्वहरुले दाँतको समस्या हटाउन मद्दत गर्छ । साथै, विभिन्न रोगीमा ब्याक्टेरिया र फंगीको विकाश हुन नदिएर थप समस्या बढ्न दिँदैन । यसका लागि अनारको बोक्रालाई सुकाएर धुलो पारेर खान सकिन्छ ।

प्रतिक्रिया