मंगलबार, वैशाख ११, २०८१

ओलीले बनाउने नयाँ चलचित्रमा पल शाह

नेपालखोज २०७७ चैत १५ गते ११:१९

काठमाडौं । सरोज ओलीले बनाउने नयाँ चलचित्रमा पल शाह खेल्ने भएका छन् । गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा स्थापित नाम हो सरोज ओली । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । नेपाली फिल्मका गीतलाई मत दिने गरी भिडियोको मेकिङ गर्ने गरेका उनी अब फिल्म निर्माणमा होमिने भएका छन् । उनले शुक्रवार फेसबुकमार्फत् यसको जानकारी दिएका हुन् ।

उनको प्रोडक्सन कम्पनी शुभ मिडियाको ब्यानरमा फिल्म निर्माण हुनेछ । उनले यसै हप्ता कानुनी प्रक्रिया पूरा गरेर अर्को हप्ता कलाकारसहित फिल्मको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् । फिल्मको निर्देशन भने उनी आफैंले नगर्ने भएका छन् । सयौं म्यूजिक भिडियो र फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका विक्रम स्वारले फिल्म निर्देशनको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया