शुक्रबार, चैत १६, २०८०

मानहानि मुद्दामा कंगनाले पाइन् जमानत

नेपालखोज २०७७ चैत १६ गते १३:०७

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतलाई गीतकार जावेद अख्तरको मानहानि मुद्दामा जमानत प्राप्त भएको छ । उक्त मुद्दामा भारतको मुम्बईस्थित अन्धेरी अदालतले बुधबार जमानत दिएको हो ।

यसअघि, कंगनाले अदालतमा हाजिर भएर आफूविरुद्धको जमानत वारेन्ट रद्द गर्न माग गरेकी थिइन् ।

जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । उजुरीमा कंगनाले समाचार च्यानलहरुमा आफूविरुद्ध गलत बयान दिँदै बदनाम गर्न खोजेको उल्लेख थियो ।

कंगनाको गलत बयानकै कारण आफ्नो जीवनमा गलत असर परेको गीतकार अख्तरले दाबी गरेका थिए । -नवभारत टाइम्स

प्रतिक्रिया