आइतबार, जेठ ६, २०८१

गरिमा विकास बैंकको “रहनुहोस् होसियार” अभियान सुरु

नेपालखोज २०७७ चैत १७ गते ११:१९

काठमाडौं । गरिमा विकास बैंकले “रहनुहोस् होसियार” नामक अभियान सञ्चालन गरेको छ । समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड फिसिङ बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाहगर्ने लक्ष्यका साथ सामाजिक संजालबाट एक महिना लामा अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत हरेक दिन बैंकले इन्टरनेट फ्रड फिसिङसँग सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । अभियानमा बैंकको आई.टि.विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमितरुपमा प्रशिक्षण समेत गरिरहेको छ ।

प्रतिक्रिया