बुधबार, वैशाख १२, २०८१

होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालखोज २०७७ चैत १७ गते १५:२८

बारा । होली खेल्नेक्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएका हो ।

जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया