शुक्रबार, असार २०, २०८२

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिए

नेपालखोज २०७७ चैत १७ गते २१:०९

मोरङ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । मङ्गलवार बेलुका नेपाल पक्षका १६ जना सांसदले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् ।

‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुर्नस्थापना गराइदिएपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएकाले अविश्वास प्रस्ताव समर्थन फिर्ता लिएका छौँ’, पत्रमा भनिएको छ ।

यसअघि गएको पुस १२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थियो । ९३ सदस्य रहेको प्रदेश सभामा सरकार बनाउन ४६ सांसद भए पुग्छ र सभामा एमालेको ५१ सांसद रहेको हुँदा मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ ।

प्रतिक्रिया