बिहीबार, वैशाख १३, २०८१

बालयौन दुराचारको अभियोगमा एक अमेरिकी पक्राउ

नेपालखोज २०७७ चैत १८ गते १५:४२

काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका–१८ सेदीस्थित बिष्णु होमस्टेबाट अमेरिकी नागरीक माइकल नोरम्यान टेलोर पक्राउ परेका छन् । अमेरिकाको क्यालिफोरनिया ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१९ मा ३ बालबालिकाहरुलाई बालयौन दुराचार गरेको पीडित बालक एवं अभिभावकहरुको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका छन् । प्रहरीका अनुसार अमेरिकामा रहदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको छ । उनको साथबाट ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ, र १ थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाईएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

प्रतिक्रिया