आइतबार, जेठ ६, २०८१

सिटिजन लाइफको “विद्यार्थीसँग बीमा” कार्यक्रम लोकप्रिय बन्दै

नेपालखोज २०७७ चैत १८ गते २१:०१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा संचालित “विद्यार्थीसँग बीमा” कार्यक्रम लोकप्रिय बन्दै गएको छ । कम्पनीले हरेक नेपालीको पहुंचमा बीमाको सचेतना वढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरुमा “विद्यार्थीसँग बीमा” कार्यक्रम गर्दै आइरहेको छ ।

कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागि निकै सचेतना मुलक र लाभदायी देखिएको छ । यस कार्यक्रमले गाउँ-गाउँमा बीमाप्रतिको जनचेतना जगाउँन निकै मद्दत पुगेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५ हजार ४ सय विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी ज्ञान दिन सफल भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।

विद्यार्थीहरु सचेत हुँदा उनिहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्वबारे बुझाउन सक्नेछन भने बेला छँदै जीवन बीमा गरे बीमा शुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठुलो जोखिम न्युनिकरण हुने हुँदा कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ ।

समाजमा छरिएर रहेको स-सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पुर्‍याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत पुर्‍याएको छ ।

जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधन हो जसले फजुल खर्च गर्नबाट बचाउँछ । साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतीपूर्तिका माध्यमबाट जोखिम व्यवस्थापन गर्ने कार्यसमेत गर्दछ ।

साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्न कार्यक्रमहरुलगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया