मंगलबार, वैशाख ११, २०८१

अन्तर्राष्ट्रिय अटिजम दिवसको पुर्वसन्ध्यामा अटिजम केयर नेपाल सोसाइटीको अन्तरक्रिया कार्यक्रम

नेपालखोज २०७७ चैत १८ गते २१:४४

काठमाडौंं । अटिजम केयर नेपाल सोसाइटीले चैत्र २० (अप्रिल २) मा हुने चौधौ अन्तर्राष्ट्रिय अटिजम जनचेतना दिवसको पुर्वसन्ध्यामा आज अन्तरक्रिया गरेको छ ।

सोसाइटीले आज रिर्पोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विश्व अटिजम जनचेतना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको हो । मस्तिष्क कार्यक्रमा मस्टिष्कविकासको विकार अर्थात् अटिजम भएका व्यक्तिहरुको सहयोगको लागि सम्पुर्ण मिडियाकर्मीलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै अटिजम केअर नेपाल सोसाइटीको अध्यक्ष डा.सुनिता मलेखु अमात्यले नेपालको परिप्रेक्षमा अझैपनि अटिजम जनचेतनामा एकदमै कमी भएको बताइन् । उनले अभिभावकहरुले सानो उमेरमा बच्चा नबोल्दा पछि बोल्छ भन्ने सोचाईले झन समस्या बढेको जिकिर गरिन् । उनले विश्वमा नै अटिजमको समस्या बढ्दो क्रममा भएको भन्दै अमेरिकामा गरेको अनुसन्धान अनुसार ५४ जना बालबालिका मध्ये एकजनामा अटिजम हुने बताइन् ।

कार्यक्रममा बोल्दै डा. अमात्यले नेपालमा यस्ता समस्या भएका बच्चाहरु धेरै छन् केहीले उपचार नपाएको केहीले गलत उपचार गरेको बताइनु । ‘बौद्विक अपांगता (सुस्त मनस्थिति) र अटिजम धेरै फरक छ’ उनले भनिन्, ‘सुस्त मनस्थिति भएका मध्ये धेरैमा अटिजमको समस्या हुन्छ ।’ अटिजम ठुलो हुँदै जाँदा निको हुने समस्या नभएको पनि स्पष्ट पारिन् । बच्चाको उमेर बढेसँगै समस्या र चुनौति पनि फरक–फरक हुँदै जाने उनको भनाई थियो । ‘अटिजम एक किसिमको अपांगता हो ।’ उनले भनिन् ‘यो जीवन भरी रहन्छ ।’ नेपालले अटिजम भएका बालबालिकाको जनगणना गर्नुपर्ने उनको माग थियो ।

त्यस्तै, कार्यक्रम संचालक तथा अटिजम सोसाइटीका प्रशासकिय प्रमुख सुरेन्द्र बज्राचार्यले अटिजम भएका भाइबहिनीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले क्रियट आर्ट अटिजम र स्पोर्ट फर अटिजम हरिसिद्वीको सर्भिस सेन्टरको प्रांगणमा अप्रिल २ मा गर्ने जानकारी दिएका छन् ।

उनले अटिजम भएका बालबालिकाको अन्योलमा रहेका अभिभावकलाई लक्षित गरेर विशेष डाक्टरहरुको टिमले अन्र्तक्रिया राखेको पनि जानकारी दिए । यसको साथै उनले अटिजम भएका बालबालिकासहित सरकारी निकायहरुमा पनि भिजिट गर्ने योजना बनाएको बताए । उनले भने, ‘सरकारी निकायका मानिसहरुले अटिजमको समस्या कस्तो हुन्छ भन्ने थाहा पाउनेछन् ।’

नेपाल अपांग मानव अधिकार केन्द्रका अध्यक्ष जगदिश प्रसाद अधिकारीले जनगणना अधिकृतहरुलाई अटिजम समस्यामा देखापर्ने लक्षणहरुको पुरै फरम्याट दिएको बताए । उनले सबै जिल्लामा अटिजम भएका बालबालिकाहरुलाई पनि चिन्न सकिने गरेर जनगणना तालिम दिइरहेको जानकारी दिए । अधिकारीले अपांग बालबालिकालाई फरक क्षमता भन्न नहुने भन्दै उनले भने, ‘अपांग व्यक्तिलाई अपांगता भएका व्यक्ति भन्नु पर्छ र फरक क्षमता शब्द हट्नुपर्छ ।’

अटिजम केयर नेपाल सोसाइटीले चैत्र २० गते (अप्रिल २) मा भर्चुअल माध्यमबाट अन्र्तक्रिया गर्ने भएको छ । त्यस्तै, सोसाइटीले चैत्र २१ गते शुक्रबार भर्चुअल माध्यमबाट मार्किङ अटिजम अर्वानेस डे मनाउने भएको छ । यसैगरी, चैत्र २५ अर्थात (७ अप्रिल) शनिबार सोसाइटीले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य र अभ्यासको लागि क्रियट आर्ट फर अटिजम गर्ने भएको छ ।

प्रतिक्रिया