भारतमा भेटिएका ७ किशोरीलाई परिवारकाे जिम्मा लगाइने
महोत्तरी । मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका सात जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म पुर्यायो त्यो विषयमा थप अनुसन्धान भइरहेको तर अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई दलालले नै विभिन्न प्रलोभनमा पारेर भारत पर्याएको हुनसक्ने प्रहरीको आशंका छ ।
मंगलवार दिउसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए । उद्धारपछि ती किशोरीहरुले आफूहरु गायिका बन्न भारत आएको बयान दिएका छन् ।
प्रतिक्रिया