बिहीबार, कार्तिक २२, २०८१

फ्रान्समा काेराेनाका कारण ३ साता विद्यालय बन्द

नेपालखोज २०७७ चैत १९ गते १०:४७

एजेन्सी । फ्रान्समा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेपछि तीन हप्ताका लागि विद्यालय बन्द गरिने भएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले राष्ट्रिय स्तरमा लागू हुने गरी जारी गर्नुभएको नयाँ प्रतिबन्धात्मक व्यवस्थामा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । राष्ट्रपति म्याक्रोनले अर्को हप्तादेखि विद्यालय शिक्षालाई दुरशिक्षामा रुपमान्तरण गरिने बताउनु भयो । फ्रान्सका कतिपय शहरमा गत महिनादेखि नै लकडाउन गरिएको थियो ।

संक्रमण बढ्दै गएपछि लकडाउन गरिने क्षेत्रहरु विस्तार गरिएको हो । आगामी शनिबारदेखि अति आवश्यक बाहेकका सबै पसलहरु बन्द गरिनेछ । साथै घरबाट अति जरुरी कारण विना १० किलोमिटरभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

फ्रान्समा कोभिडका कारण गभ्भीर विरामी भएका ५ हजारभन्दा बढीको सघन उपचार कक्षमा उपचार भइरहेको छ । फ्रान्समा बुधबार मात्रै ५९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या ४६ लाख नाघिसकेको छ । एजेन्सी

प्रतिक्रिया