आइतबार, जेठ ६, २०८१

सेन्चुरी बैंकका थप दुई शाखा बल्खु र ठमेलमा

नेपालखोज २०७७ चैत १९ गते ११:५२

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको बल्खु र ठमेलमा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्‍न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेनसन काउन्टरहरु सञ्‍चालनमा ल्याई सेवा प्रदान गर्दे आएको छ ।

बल्खु र ठमेलमा नयाँ दुई शाखा सञ्‍चालनमा आएपछि बैंकको कुल शाखा संख्या १२६ पुगेको छ । बैंकले १० एक्स्टेनसन काउन्टर २३ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया