शुक्रबार, चैत १६, २०८०

हुवावेद्वारा २०२० को वार्षिक रिपोर्ट सार्वजनिक

नेपालखोज २०७७ चैत १९ गते १२:३४

हुवावेले आफ्नो २०२० को वार्षिक रिपोर्ट आज सार्वजनिक गरेको छ । विकास सुस्त भएता पनि कम्पनीको व्यवसाय प्रदर्शन धेरै हदसम्म पूर्वानुमान अनुसार भएको छ । २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सिएनवाइ ८९१ दशमलव ४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३ दशमलव ८ प्रतिशत ले बढेको छ र यसको कुल नाफा सिएनवाइ ६४ दशमलव ६ अर्बको भएको छ, जुन वार्षिक आधारमा ३ दशमलव २ प्रतिशतले ले बढेको हो ।

२०१९ र २०२० मा अमेरिकी प्रतिबन्धले ल्याएको अपरेसनल कठिनाइहरूको बावजुद, हुवावेले केपीएमजी लाई स्वतन्त्र र उद्देश्यपूर्ण रूपमा आफ्नो वित्तीय खाताको लेखा परीक्षण गर्न आमन्त्रित गरिरह्यो । केपीएमजी ले बनाएको डकुमेन्ट एक स्ट्यान्डर्ड गैर संशोधित अडिट राय हो । जस्तोसुकै परिस्थिति भए पनि हामी सरकार, ग्राहक, आपूर्तिकता, कर्मचारी, र साझेदारहरूलाई अपरेसनल डाटा खुलाएर पारदर्शिता जारी राख्नेछौं ।

२०२० मा हुवावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसनहरू सुनिश्चित गर्न जारी राख्यो, जसले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंग लाई साथ दियो । हुवावे नेपाल पनि कोभिड-१९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसंचार अपरेटरहरु संग रह्यो । विश्वभरका क्यारियरहरूसँग मिलेर काम गरी कम्पनीले राम्रो कनेक्टेड अनुभव प्रदान गर्न मद्दत गर्‍यो र २,००० भन्दा बढी उद्योगहरूमा कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता ३,००० भन्दा बढी फाइभ जी इनोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको छ ।

बितेको बर्षमा हुवावेको उद्यम व्यवसायले विभिन्न उद्योगहरुका लागि इनोभेटिभ सिनारियो आधारित समाधानहरू विकास गर्न र संयुक्त निर्माण तथा साझा सफलता ल्याउने डिजिटल ईकोसिस्टम निर्माण गर्ने प्रयासलाई बढावा दिएको छ । महामारीको समयमा हुवावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन भाइरस विरुद्धको लडाईमा महत्त्वपूर्ण सावित भयो । एउटा उदाहरण हुवावे क्लाउडमा आधारित एआई-असिस्टेड डाएगोनोस्टिक सोलुसन हो जसले अस्पतालहरूलाई उनीहरूको मेडिकल पूर्वाधारमा पर्ने भार कम गर्न मद्दत गरेको छ ।हुवावेले ५ करोड भन्दा बढी प्राथमिक र माध्यमिक स्कूलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू सुरू गर्न साझेदारहरूसँग पनि काम गरको छ । नेपालमा, हुवावेले बैंकिंग उद्योग, एयरलाइन्स, मिडिया र अन्य बिभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गर्न सहयोग पुर्‍यायो ।

HarmonyOS र हुवावे मोबाइल सर्विसेज इकोसिस्टमको रोल आउटसंगै, हुवावेको उपभोक्ता व्यवसायले उपभोक्ताहरूलाई स्मार्ट अफिस, फिटनेस र हेल्थ, स्मार्ट होम, इजि ट्राभल र इन्टरटेन्मेन्टलाई ध्यानमा राखेर सबै उपकरण र परिदृश्यहरूमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्न यसको सिमलेस एआई लाईफ स्ट्राटिजी (“1 + 8 + N”)अगाडि बढाएको छ ।

बितेको वर्षमा हामीले कठिनाइको समयलाई कडा रुपमा सामना गरिरहेका छौं,” हुवावेका रोटेटिंग अध्यक्ष केन हूले भन्नुभयो । हामीले हाम्रा ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्न, महामारीको बिरूद्ध लड्न र दुबै आर्थिक सुधार र विश्वव्यापी सामाजिक प्रगति गर्न सहयोग पुर्‍याइरहेका छौं । हामीले यस अवसरलाई हाम्रोे कार्यहरु सुधार गर्न प्रयोग गर्‍याैं जसले परफर्मान्समा सुधार ल्यायो जुन मुख्य रूपमा पूर्वानुमानसँग मिल्दोजुल्दो छ । ”

हुवावेले समग्रमा समाजको लागि साझा भ्यालु सिर्जना गर्नुको महत्व बुझेको छ र साझा प्रगति र समृद्धिको लागि बृहत्तर आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरूको साथ दिन साझेदारहरूसँग मिलेर काम गरिरहेको छ ।

आर्थिक सुधारलाई बढावा दिन र डिजिटल इकोसिस्टमलाई प्रोत्साहन गर्न हुवावेले २०२० मा सिंगापुरमा प्राविधिक सहयोग, कोष, परामर्श र प्राविधिक स्टार्टअपहरूको लागि प्रशिक्षण प्रदान गर्न स्पार्क कार्यक्रम शुरू गरेको थियो । हुवावेद्वारा समर्थित थाईल्याण्डमा फाइभजी इकोसिस्टम इनोभेसन सेन्टरले आशियान क्षेत्रमा फाइभजी इनोभेसनका लागि स्यान्डबक्सको रूपमा सेवा प्रदान गर्दछ । हुवावे नेपालले आईसीटी अवार्ड टोलीसँग नेपालमा प्राबिधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥यायो । हुवावे आईसीटी अवार्ड २०२० ले यस बर्ष ३५० भन्दा बढी अनलाइन नामांकन प्राप्त गरेको थियो, र १२ विभिन्न बिधाहरूमा अवार्ड प्रस्तुत गरिएको थियो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि उक्त कार्यक्रमलाई समर्थन गरेको छ र नेपालमा आईसीटी क्षेत्रमा योगदान पु¥याएको प्रयासको सराहना गर्दछ ।

वर्कफोर्सका चुनौतिहरूको सामना गर्न हुवावेले एपीएसी मा धेरै पहल गरेको छ जसमा हुवावे आशियान एकेडेमी, डिजिटल ट्रेनिंग बस र सीड्स फर द फ्यूचर प्रोग्राम उपलब्ध गराउन शिक्षण संसाधनहरू प्रदान गर्ने र डिजिटल प्रतिभाहरूलाई प्रशिक्षण दिएको छ । टेक कम्पनीको लक्ष्य आगामी पाँच बर्षमा एपीएसी मा कम्तिमा ३००,००० आईसीटी प्रतिभा विकास गर्ने रहेको छ ।

हामी हाम्रा ग्राहक र साझेदारहरूसँग सामाजिक प्रगति, आर्थिक बृद्धि र दिगो विकासलाई साथ दिन को लागि नजिकबाट मिलेर कार्यहरू जारी राख्नेछौं, केन हूले भन्नुभयो ।

२०२० को वार्षिक रिपोर्टमा रहेको सबै वित्तीय स्टेट्मेन्टहरू केपीएमवी, एक अन्तर्राष्ट्रिय बिग फोर लेखा फर्म, द्वारा स्वतन्त्र रूपमा अडिट गरिएको हो ।

प्रतिक्रिया